"उज्यालो यात्रा" डिजिटल सिकाइ मञ्च

कर्मयोगी जीवन दर्शन, अनुष्टुप छन्द, र नैतिक चेतनाले ओतप्रोत कक्षा १० को प्रसिद्ध कवितालाई हेर्दै, सुन्दै र खेल्दै सिक्नुहोस्।

📈 अध्ययन प्रगति (Progress)

तपाईंको कुल अध्ययन स्थिति:

०% पूरा भयो

🏆 प्राप्त ब्याजहरू (Achievements)

🥉
शुरुआती
🥈
अभ्यासी
🥇
विद्वान्
👑
मास्टर ब्याज

🎯 आजको प्राप्ताङ्क (Today's Score)

० / १००

अभ्यास र क्विज पूरा गरी अङ्क बढाउनुहोस्!

उज्यालो यात्रा

कवि: डा. रामप्रसाद ज्ञवाली | छन्द: अनुष्टुप छन्द (१६ अक्षर)

📐 अनुष्टुप छन्दको नियम र संरचना

  • अनुष्टुप छन्दको प्रत्येक पाउमा ८ अक्षर हुन्छन्।
  • दुई पाउलाई एक हरफमा लेखिन्छ (एक हरफमा १६ अक्षर)।
  • चार पाउको एक श्लोक हुन्छ।
  • सबै पाउको पाँचौँ अक्षर ह्रस्व (l) हुन्छ।
  • सबै पाउको छैठौँ अक्षर दीर्घ (S) हुन्छ।
  • पहिलो र तेस्रो पाउको सातौँ अक्षर दीर्घ (S) र दोस्रो तथा चौथो पाउको सातौँ अक्षर ह्रस्व (l) हुन्छ।

🎙️ कविता वाचन निर्देशन तथा लय बोध

अनुष्टुप छन्दमा रचित कविता वाचन गर्दा ध्यान दिनुपर्ने मुख्य तत्त्वहरू तथा छन्द संरचना तालिका:

⏸️ विराम र यति (Pause & Rest)

प्रत्येक पाउको ८ औँ अक्षर पछि अल्पविराम (यति) मान्नुपर्छ। श्लोकको अन्त्यमा पूर्णविराम दिइन्छ।

📈 आरोह-अवरोह (Pitch & Dynamics)

पहिलो र तेस्रो पाउमा स्वरलाई माथि लैजाने (आरोह) र दोस्रो तथा चौथो पाउमा विश्रामतिर ढल्काउने (अवरोह) गर्नुपर्छ।

✨ भाव र लय (Mood & Cadence)

उत्साह, त्याग र कर्मशीलताको भाव झल्कने गरी स्पष्ट, गम्भीर र मधुर लयमा वाचन गर्नुपर्छ।

📊 अनुष्टुप छन्द लय बोध तथा संरचना तालिका

श्लोक र मात्रा / वर्ण संरचना अनुष्टुप छन्दका नियमहरू
कर्ममा छ भने शक्ति, जङ्गलै बन्छ नन्दन ।
*** * ISS * *** * ISI *
घोटिएर सयौँपल्ट, दाउरो बन्छ चन्दन ।।१
**** ISS * *** * ISI *

भएमा उच्च सङ्कल्प, छैन केही असम्भव ।
सङ्कल्पैले बनेका हुन्, महान् मान्छेहरू सब ।।२

जसका कर्मले बन्छन्, जिन्दगी हँसिला सुखी ।
अरूको लिनुमा भन्दा, दिनुमा बन्छ जो खुसी ।।३
  • अनुष्टुप छन्दको प्रत्येक पाउमा ८ अक्षर हुन्छन् ।
  • दुई पाउलाई एक हरफमा लेखिन्छ ।
  • एक हरफमा १६ अक्षर हुन्छन् ।
  • चार पाउको एक श्लोक हुन्छ ।
  • सबै पाउको पाँचौं अक्षर ह्रस्व हुन्छ ।
  • सबै पाउको छैठौं अक्षर दीर्घ हुन्छ ।
  • पहिलो र तेस्रो पाउको सातौं अक्षर दीर्घ हुन्छ।
  • दोस्रो र चौथो पाउको सातौं अक्षर ह्रस्व हुन्छ।
  • अन्य पदका वर्णहरू ह्रस्व दीर्घ जुन लेख्दा पनि हुन्छ ।

🔊 नमुना अडियो वाचन सिमुलेटर (Audio Recitation)

[ यहाँ शिक्षार्थी तथा शिक्षकका लागि सुन्ने नमुना अडियो वाचन उपलब्ध छ ]

▶️ युट्युबमा कविता वाचन सुन्नुहोस्
डा. रामप्रसाद ज्ञवाली

रामप्रसाद ज्ञवाली

जन्म: वि.सं. २०२४ वैशाख ११ गते (रूरु गाउँपालिका, गुल्मी)

माता-पिता: कुन्तादेवी ज्ञवाली र दुर्गाप्रसाद ज्ञवाली

शिक्षा: शास्त्री (संस्कृत), विद्यावारिधि (नेपाली - त्रिभुवन विश्वविद्यालय)

प्रवृत्ति: प्रगतिवादी, सामाजिक यथार्थवादी, शास्त्रीय छन्दवादी कवि

कवि परिचय :

कवि रामप्रसाद ज्ञवालीको जन्म बि.सं. २०२४ वैशाख ११ गते गुल्मी जिल्‍लाको रूरु गाउँपालिकामा पिता दुर्गाप्रसाद ज्ञवाली र माता कुन्तादेवी ज्ञवालीका काईंला सन्तानका रूपमा भएको थियो । निम्नमध्यम वर्गीय परिवारमा जन्मेका ज्ञवालीले गाउँकै प्रकृतिको काखमा बाल्यकाल बिताएका थिए । उनले गाउँमा रहेको राष्ट्रिय नि.मा.वि. बाट प्राथमिक शिक्षा हासिल गरेका थिए भने रूरु संस्कृत मा. वि. बाट माध्यमिक शिक्षा हासिल गरेका थिए । २०४२ सालमा भारतको संस्कृत विश्वविद्यालयबाट स्नातक गरी २०४६ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका थिए ।

बहुमुखी प्रतिभाका धनी ज्ञवालीले नेपाली साहित्यका कविता, कथा, उपन्यास, नाटक, समालोचना, गीतलगायतका विभिन्न विधामा कलम चलाएर बहुमुखी प्रतिभालाई प्रस्फुटन गरेका छन् । मूलतः काव्य विधामा उनको उल्लेख्य योगदान पाइन्छ । वि. सं. २०५२ सालमा भारतको हरिद्वारबाट प्रकाशित 'समरमाथा' वार्षिक पत्रिकामा 'हाम्रो कर्तब्य' शीर्षकको कविता प्रकाशन गरी औपचारिक रूपमा साहित्ययात्रा सुरु गरेका ज्ञवालीका औंसीका फूलहरू (२०५३) महाकाव्य, पुतली र भूसिल्किरा (२०५८) कवितासङ्ग्रह, एकादेशमा (२०६१) खण्डकाव्य, असुरगयाँस (२०६२) कविताङ्ग्रह, छन्द कविताको मधुर तरङ्ग (२०६४) सिडी र क्यासेट, शब्दार्थ सौन्दर्य (२०६८), शब्दार्थ सौन्दर्य लयमाधुर्य (२०६८) डिजिडी, हिंडी रहुँ हिंडी रहुँ (२०७२) यात्राकाव्य, स्वप्नदृष्टि (२०७४) महाकाव्य आदि कृतिहरू प्रकाशित छन् । विद्यालयदेखि क्याम्पस तहका पाठ्यपुस्तकसमेत लेखेका ज्ञवाली महेन्द्र विद्याभूषण (२०६४), लारी स्वर्णपदक (२०६८), प्रतिभा सम्मान आदिद्वारा सम्मानित भएको पाइन्छ । हाल उनी साहित्य लेखन तथा अनुसन्धानात्मक लेखनमा सक्रिय रहेको पाइन्छ ।

बहुआयामिक व्यक्तित्वका धनी ज्ञवालीले साहित्यकारका साथै सम्पादक, शिक्षक, प्राध्यापक, वक्ता, अभिनेता, प्रशिक्षक, राजनीतिज्ञ आदिका रूपमा चिनिन्छन् । सामाजिक विकृति र विडंगति एवं शोषण, दमन, अन्याय, अत्याचार, उत्पीडन, जातीय, लैङ्गिक, वर्गीय विभेद, युवबोध जस्ता सामाजिक, राजनीतिक आर्थिक यथार्थ विषयवस्तुलाई समेटी साहित्य सिर्जना गर्ने ज्ञवाली प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । विभेदरहित न्याय र समतामूलक समाज निर्माणको चाहना राख्ने ज्ञवाली सामाजिक यथार्थवादी, प्रगतिवादी, क्रान्तिकारी, क्रान्तिद्रष्टा, विद्रोही, मानवतावादी, प्रकृतिप्रेमी, समसामयिक शास्त्रीय कविका रूपमा चिनिन्छन् । मूलतः उनले मार्क्सवादी सौन्दर्यशास्त्रलाई नै काव्य सिर्जनाको आधार बनाएका ज्ञवालीले यात्राकाव्य र जीवनदर्शनलाई काव्य साधनाको विषय बनाएका पाइन्छ । शास्त्रीय शैलीशिल्पमा काव्य सिर्जना गर्ने ज्ञवालीका काव्यमा परिष्कृत, परिमार्जित भाषा, एवं सरल, सरस, सहज, बोधगम्य, सम्प्रेषणीय, मौलिक शैलीका साथै शास्त्रीय छन्द, विभिन्‍न रस, अलङ्‍कार एवं बिम्ब प्रतीक, ध्वनि, रीतिहरूको उत्कृष्ट संयोजन पाइन्छ ।

💡 कविताको मूलभाव र सन्देश

नेपाली काव्यको समसामयिक धाराका सामाजिक यथार्थवादी एवं प्रगतिवादी कवि रामप्रसाद ज्ञवालीद्वारा संरचित उज्यालो यात्रा शीर्षकको कवितामा कर्मयोगको साधनाले जीवनको साध्यलाई सार्थक बनाउन आवश्यक नीति सन्देशहरूलाई समेटी कर्मयोगको जीवनदर्शनलाई प्रस्तुत गरिएको छ । नैतिक चरित्रवान् बनी कर्ममा रमाउनेहरूले नै व्यक्तित्व र कीर्तित्व निर्माण गरी जीवनलाई सार्थक पार्न सक्ने शाश्वत सत्यलाई उद्घाटन गरिएको छ । शास्त्रीय अनुष्टुप छन्दमा संरचित यस कवितामा चार पाउको एक श्लोक गरी जम्मा १२ श्लोकहरू रहेका छन् । अर्थपूर्ण जीवन बाँच्नका लागि नैतिक चरित्रवान् बनी अथक सङ्घर्ष गर्नुपर्ने, कर्मयोगीका लागि असम्भव भन्ने कुरै नभएको, परोपकारमा रमाउँदा सुखऐश्वर्य मिल्ने, कर्मयोगीहरू नै विश्वविजयी बन्ने, कर्मयोगीले नै धर्तीलाई स्वर्ग बनाउने, सत्य, शिव सुन्दरमा रमाउने व्यक्तिले नै यश, कीर्ति र ख्याति कमाउने, कर्मयोगको आदर्श यात्रीको जिन्दगी नै रोशनीमय हुने भएकाले पौरखको बाटो रोजी सार्थक जीवनको उज्यालो यात्रामा यात्रारत हुने अभिलाषा बोकेका कवि जीवनलाई सार्थक पार्न नैतिक चरित्रवान् बनी कर्मयोगको मार्ग रोज्नुपर्ने सन्देश दिएका छन् । कवितामा जीवनरूपी यात्रालाई उज्यालो बनाउन नैतिक चरित्रवान् बन्नुपर्ने, नीति, नियम र अनुशासनमा रही कर्मयोगको मन्त्र जपेमा मात्र जीवन सार्थक, अनुकरणीय, प्रशंसनीय, आदर्श, महान् बन्न सक्ने सत्यलाई उद्घाटन गरेका छन्, कविले । अन्त्यानुप्रासयुक्त शास्त्रीय वर्णमात्रिक अनुष्टुप छन्दमा संरचित यो कवितामा परिष्कृत, परिमार्जित भाषा, एवं सरल, सरस, सहज, बोधगम्य, सम्प्रेषणीय, मौलिक शैलीका साथ शान्त रस, दृष्टान्त, उपमा, रूपक अलङ्कार एवं बिम्ब प्रतीकको उत्कृष्ट संयोजन पाइन्छ ।

🌟 कर्मको शक्ति

निरन्तरको सङ्घर्ष र कर्मले जङ्गललाई पनि स्वर्गको बगैँचा (नन्दन) बनाउन सकिन्छ। दाउरो घोटिएर चन्दन बने झैँ मानिस साधनाले महान् बन्छ।

🤝 परोपकार र सेवा

अरूको लिनुमा भन्दा अरूलाई सहयोग र दान दिनुमा सच्चा सुख र आनन्द मिल्छ। ईर्ष्या र द्वेष त्यागेर प्रेम छर्ने मानिस नै विश्वका गौरव बन्छन्।

⚖️ सत्य र न्यायको जित

सधैँ न्यायको खातिर समर्पित हुनेहरूको नै संसारमा शिर उचो हुन्छ। लोभलालच त्यागेर उदात्त कर्म गर्ने मानिस नै विश्वमा नमुना बन्छन्।

📖 श्लोकगत विस्तृत व्याख्या तथा विश्लेषण

📚 शब्दार्थ तथा शब्दावली कोस (Interactive Dictionary)

शब्दमा क्लिक गरी अर्थ हेर्नुहोस् वा खोज्नुहोस्।

📝 अध्ययन सामग्री, व्याकरण तथा टिपोट

सम्बन्धित शीर्षकमा थिची विस्तृत नोट हेर्नुहोस्:

📌 १. पाठ्यपुस्तकको सम्पूर्ण अभ्यास तथा उत्तरहरू

उज्यालो यात्रा (कविता) - पाठ्यपुस्तक अभ्यास

कवि परिचयः डा.रामप्रसाद ज्ञवाली प्रखर छन्दवादी कवि, समालोचक, गीतकार, महाकाव्यकार, पाठ्यपुस्तक लेखक, प्राध्यापक आदि परिचय बनाउन सफल बहुमुखी प्रतिभाशाली व्यक्ति हुन् । उनको जन्म २०२४ साल गुल्मी जिल्लामा भएको हो । उनी कुन्तादेवी र दुर्गाप्रसादका छोरा हुन् । संस्कृतमा शास्त्री र नेपालीमा विद्यावारिधि गरेका ज्ञवालीले दर्जनौँ साहित्यिक कृति लेखेका छन् ।

📚 शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :
(क) मनमा उत्पन्न हुने भाव वा विचार - भावना
(ख) श्रीखण्ड घोटेर बनाइएको लेप - चन्दन
(ग) गौरवले भरिएको - सगौरव
(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम - त्याग
(ङ) सबैभन्दा उच्च वा अग्लो - सर्वोच्च
२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् :
जनावर = चौपाया
पोसिलो = तागतिला
उपार्जन = आम्दानी
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्ः
शक्ति - तागत | प्रेम - माया | धर्ती - धरणी | शिर - टाउको | कर्म - काम | सुन्दर - राम्रो | जिन्दगी - जीवन | महान् - उच्च | हावा - पवन | आकाश - नभ | नयन - आँखा
४. ‘उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस्ः
निम्न - उच्च | अज्ञान - ज्ञान | आफ्नो - अरू | असम्भव - सम्भव | न्याय - अन्याय | दुःखी - सुखी
५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस्ः
• माथि – तल (छानामाथि फर्सी छ । गाउँको तल खोला छ ।)
• उज्यालो – अँध्यारो (दिउँसो उज्यालो हुन्छ । रातमा अँध्यारो हुन्छ ।)
• शिर – पाउ (राकेशले शिरमा टोपी लगाएको छ । जुत्ता पाउमा लगाइन्छ ।)
• जित – हार (आजको खेलमा नेपालको जित भयो । जिन्दगीमा हार मान्नुहुँदैन ।)
• न्याय – अन्याय (मान्छेहरू न्याय माग्न अदालत जान्छन् । हामी विद्यार्थी अन्यायमा पर्नुहुन्न ।)

📖 बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्ः
असम्भव, उच्च, निर्माण, संसार, लालच, सदैव, उद्यत, यात्रा, आदर्श, विश्व
२. दिइएको कवितांश आठ आठ अक्षरमा विश्राम गरी वाचन गर्नुहोस्ः
जसका कर्मले बन्छन् (८) - जिन्दगी हँसिला सुखी (८)
अरूको लिनुमा भन्दा (८) - दिनुमा बन्छ जो खुसी (८)
ईर्ष्याद्वेष हटाएर (८) - जो छर्छन् प्रेम सौरभ (८)
तिनै मान्छेहरू बन्छन् (८) - विश्वका निम्ति गौरव । (८)
३. ‘उज्यालो यात्रा' कविता पालैपालो लयबद्ध वाचन गर्नुहोस् ।
कवितालाई लय हालेर आठ-आठ वर्णमा यति (विराम) मान्दै स्पष्ट र मधुर स्वरमा वाचन गर्नुहोस्।
४. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस्ः
अनुष्टुप छन्दका चार पाउ हुन्छन् । यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन् । यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौँ अक्षर लघु (ह्रस्व) हुन्छ र छैटौँ अक्षर गुरु (दीर्घ) हुन्छ । पहिलो र तेस्रो पाउको सातौँ अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु (ह्रस्व) हुन्छ । यसरी प्रत्येक पाउमा सातौँ अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ ।
५. ‘उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् ।
उत्तर: विश्व, जीवन, संसार, कविता, जसका
६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् :
उत्तर: असम्भव–सब, सुखी–खुसी, सौरभ - गौरव, भरी - छरी, मनोहर – सुन्दर, खातिर - शिर
७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : (जसका भावना हाँस्छन्...)
(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।
उत्तरः जसका भावना हाँस्छन्, / मनमा रागिनी भरी / जसका जिन्दगी बाँच्छन् / रातमा चाँदनी छरी ।

(आ) कवितांशका चारै पाउको पाँचौँ ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस् ।
उत्तरः भावना, रागिनी, जिन्दगी, चाँदनी

(इ) कवितांशका चारै पाउको छैटौँ दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस् ।
उत्तरः भावना, रागिनी, जिन्दगी, चाँदनी

(ई) कवितांशका चारै पाउका सातौँ वर्ण क्रमशः लेख्नुहोस् ।
उत्तरः हाँ, भ, बाँ, छ
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : (जुटेका ज्ञानले जो छन्...)
(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
उत्तर: ज्ञान र कर्ममा जुटेका मानिसहरूको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।

(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
उत्तर: कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ र उनीहरूले कर्म गरेर समाज र देशलाई पनि सुन्दर बनाउँछन् ।

(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
उत्तर: कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरूको शिर उचो हुन्छ भनिएको छ ।

(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
उत्तरः हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायखातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुसी मात्र नहेरी समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्ः (क, ख, ग, घ)

(क) ‘उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
उत्तर: हामीले जीवनमा निरन्तर मिहिनेत र परिश्रम गरिरहनु पर्छ । अथक मिहिनेतबाट नै जङ्गल स्वर्गको बगैँचा जस्तै सुन्दर बन्न सक्छ । दाउरोलाई सयौँपल्ट घोटेर चन्दन बनाउन सकिन्छ । मनमा यो काम गरेरै छाड्ने छु भन्ने अठोट छ भने यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । यो संसारमा जति पनि महान् मानिसहरू छन्, उनीहरू सबै दृढ अठोटका कारण महान् भएका हुन् । त्यसैले हामीहरू पनि मनमा अठोट लिएर निरन्तर मिहिनेत गर्‍यौँ भने अवश्य महान् बन्न सकिन्छ ।

(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
उत्तरः जीवन सार्थक पार्न हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ । कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ । मनबाट ईर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ । अन्यायका विरुद्ध आवाज बुलन्द गर्नुपर्छ । यसरी लोभलालच नगरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र धर्ती सजाउने काममा लाग्यौँ भने जीवन सार्थक बनाउन सकिन्छ ।

(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
उत्तरः कवितामा कविले लोभलालच र व्यक्तिगत स्वार्थ त्यागेर कर्मको यात्रामा तल्लीन हुन चाहेका छन् । चन्द्रसूर्य जस्तै बनेर अरूलाई उज्यालो किरण दिन चाहन्छन् । आफ्नै पौरखले जीवनको बाटो खन्न खोजेका छन् । यसरी कवि एउटा महान् मानिस बनेर अरूको सेवा गर्ने आदर्श जीवन यात्राको कल्पना गरेका छन् ।

(घ) 'उज्यालो यात्रा' कविताको मूल भाव के हो ?
उत्तरः हामीले मनमा अठोट लिएर निरन्तर सङ्घर्ष गर्नुपर्छ । कर्म गर्ने मान्छेको जीवन सुखी हुन्छ । मनबाट ईर्ष्याद्वेष हटाएर राष्ट्रका लागि काम गर्नुपर्छ । ज्ञान र कर्मले हाम्रो धर्ती सजाउनुपर्छ । अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ । हामी चन्द्रसूर्य बनेर धर्तीको अन्धकारलाई हटाउनुपर्छ । यसरी असल कर्म गरेर हामी महान् मानिस बन्न सक्नुपर्छ भन्नु नै यो कविताको मूल भाव हो ।

११. भाव विस्तार गर्नुहोस् : (क र ख)

(क) ईर्ष्याद्वेष हटाएर जो प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।

उत्तर: प्रस्तुत कवितांश ‘उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो । यस कविताका लेखक नेपाली साहित्यका प्रसिद्ध कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा कविले असल मानिस बनेर धर्ती सजाउनुपर्छ भन्ने भाव प्रस्तुत गरेका छन् । महान् मानिस बन्न ईर्ष्याद्वेष जस्ता खराब आचरण त्याग्नुपर्छ भन्ने बुझाउने सन्दर्भमा प्रस्तुत कवितांश आएको हो । ईर्ष्याद्वेष हाम्रा शत्रु हुन् । हाम्रो सुखका बाधक हुन् । यति मात्र नभएर समाजको उन्नतिका पनि बाधक हुन् । अरूको डाह गरेर र मनमा शत्रुताको भावना राखेर हामी कहिल्यै असल मान्छे बन्न सक्दैनौँ । गौतम बुद्ध जसले ईर्ष्या द्वेष कहिल्यै मनमा राखेनन्, विश्वमा शान्तिको सन्देश फैलाए अनि विश्वले गौरव गर्न लायक मान्छे कहलाए । मनमा ईर्ष्या र द्वेष पाल्ने मान्छेले आफ्नै आमालाई पनि सही देख्न सक्दैन । मन सफा भयो भने हामी, प्रेमको सुवास छर्न सक्छौँ । आफू खुसी रहेर अरूलाई पनि खुसी बनाउन सक्छौँ । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त नभएर प्रेम बाँड्ने मान्छेहरू विश्वकै गौरव भएर रहन सक्छन् । हामीले पनि मनबाट ईर्ष्याद्वेष हटाउनुपर्छ र मानव कल्याणका लागि अग्रसर हुनुपर्छ ।

(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।

उत्तरः प्रस्तुत कवितांश 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो । यस कविताका लेखक वरिष्ठ साहित्यकार कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा हामीलाई असल काममा लाग्न प्रेरित गरिएको छ । राम्रो काम गर्ने मान्छे आदर्श मान्छे बन्ने सन्दर्भ बुझाउने क्रममा प्रस्तुत कवितांश आएको हो । मानिस कर्मले महान् बन्छन् । कर्मले यो धर्ती सुन्दर बनाउन सकिन्छ । कर्मले जङ्गल नन्दन बनाउन सकिन्छ । सयौँपल्ट कुँदेर ढुङ्गा मूर्ति बन्छ । मान्छेले कर्म नगरी अल्छी गरेर बसेको भए हामी ढुङ्गे युगमै हुन्थ्यौँ । हाम्रा अग्रजहरूका महान् कर्मले नै हामीले यो सुन्दर संसार पाएका छौँ । कर्मले पहाड फोडिएका छन्, कर्मले मरुभूमिमा उब्जनी भएको छ । पृथ्वीनारायण शाह कर्मले महान् आदर्श राजा बने । डा. सन्दुक रुइत कर्मले आदर्श व्यक्ति बन्दै छन् । अझ निरन्तरको असल कर्मले मान्छेलाई भगवान् बनाउँछ । कर्मको यात्रामा लागेर समाज हितमा लागेका मान्छेहरू मरेर पनि अमर छन् । एउटा विद्यार्थीलाई पनि असल कर्मले सबैको प्रिय, असल र सफल बनाउँछ । कर्म नगरी ज्ञान पनि मिल्दैन । त्यसैले हामी सबै कर्मको कलमले नै हाम्रो भविष्य निर्माण गर्न सक्छौँ ।

१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस् ।
उत्तरः प्रसिद्ध छन्दवादी कवि तथा समालोचक रामप्रसाद ज्ञवालीद्वारा लिखित 'उज्यालो यात्रा' कविता उनको उत्कृष्ट नीति चेतनामूलक कविता हो । यस कवितामा कविले सत्मार्गले मान्छेलाई महान् बनाउने कुरा स्पष्ट पार्न खोजेका छन् र कविताका माध्यमबाट हामी सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरेका छन् । परिश्रम गर्नु तथा मिहिनेती बन्नु नै कर्मशील बन्नु हो । कर्मबाट नै सम्भावनाका ढोकाहरू खुल्दै जान्छन् । कविका अनुसार कर्मशील बन्न हामीले मनमा उच्च सङ्कल्प लिनुपर्छ । मनमा उच्च अठोट लिएर काम गरिन्छ भने त्यो काम अवश्य सफल हुन्छ । हामी आफ्नो भर आफैँ पर्नुपर्छ । हामी परनिर्भर होइन आत्मनिर्भर बन्नुपर्छ । अरूसँग माग्ने होइन बरु अरूलाई दिन सक्ने हुनुपर्छ । मनमा सकारात्मक विचार र उदार भावना हुनुपर्छ । ईर्ष्याद्वेष राख्नुहुँदैन । सबैलाई प्रेम गर्नुपर्छ । प्रेमको सुवास छर्नुपर्छ । हामी अल्छी नबनी निरन्तर कर्मको यात्रामा लाग्नुपर्छ । बाधा अड्चनहरू आउँदा निराश बनेर पछाडि हट्नुहुँदैन । हाम्रो ज्ञान परोपकार, समाजको उन्नति र देशको विकासमा खर्चिनुपर्छ । देश निर्माण गर्ने हाम्रो कर्म हुनुपर्छ । हामी सधैँ न्यायका खातिर समर्पित हुनुपर्छ । अन्याय, अत्याचार, शोषण सहेर बस्नुहुँदैन । मनमा लोभलालच राख्नुहुँदैन । आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र समाजको उन्नतिका लागि त्याग गर्नुपर्छ । सधैँ आदर्श मान्छे बन्ने लक्ष्य राखेर महान् कर्ममा खटिनुपर्छ। जस्तोसुकै परिस्थितिमा पनि हामी चन्द्रसूर्य जस्तै अटल हुनुपर्छ । आफ्नो बाटो आफ्नै पौरखले खन्नुपर्छ ।
१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।
उत्तरः ‘उज्यालो यात्रा' कविता कवि रामप्रसाद ज्ञवालीले लेखेका हुन् । यस कवितामा सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरिएको छ । कविले अन्तिम श्लोकमा आफू आत्मनिर्भर बन्ने अनुमान गरेका छन् । उनी आफ्नो जिन्दगीको बाटो आफ्नै पौरखले खन्न चाहन्छन् । उनी अरूको अधीन र आड भरोसामा निर्भर परजीवी जस्तो बन्न चाहँदैनन् । उनी सर्वोच्च व्यक्ति बन्न चाहन्छन् । सर्वोच्च कविता लेख्न चाहन्छन् । यसरी कविले आफू कर्मशील, असल र सफल बन्ने अनुमान गरेका छन् ।
१५. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् (गुरुकुल शिक्षा):

(क) प्रश्नहरू र उत्तर:

(अ) गुरुकुल भनेको के हो ?
उत्तर: गुरुकुल भनेको गुरुको सानिध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।

(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
उत्तरः गुरुकुलमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो ।

(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
उत्तरः गुरुकुलमा निश्चित समयमा विद्यालय आएर पढ्ने समय तालिका हुँदैनथ्यो त्यसैले जुनसुकै बेलामा पनि औपचारिक कक्षा सुरु हुन सक्थ्यो ।

(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
उत्तरः समस्या दिएर गुरुले गोप्य रूपले शिष्यलाई नियालिरहेका हुन्थे । त्यो परीक्षा पूरा गर्न सकेमा शिष्य दीक्षित हुन्थे ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्ः

(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एक ओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
उत्तर: गुरुकुल - नाम, आवासीय - विशेषण, हो - क्रियापद

(आ) 'पढ्' धातुबाट एक एकओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
उत्तरः पढ्नु (नाम), पढेर (क्रियायोगी)

(इ) अनुच्छेदबाट सुरु बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।
उत्तरः सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द: विद्यार्थी, शिक्षा, पितृ | बिचमा ह्रस्व इकार प्रयोग भएका शब्द: अहिले, निश्चित, तालिका | अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द: कोटि, पनि, अति

📐 भाषिक संरचना र वर्णविन्यास

१. पदवर्ग पहिचान गर्नुहोस् (फुर्बा असल विद्यार्थी हुन्...)
उत्तर: असल (विशेषण), उनी (सर्वनाम), पूर्वक (नामयोगी), सबेरै (क्रियायोगी), पढ्दै छन् (क्रियापद), आफूले (सर्वनाम), सधैँ (क्रियायोगी), दिएको (विशेषण)।
३. दिइएको अनुच्छेद पढी रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस् :
उत्तर: गरिब (विशेषण), धनी (विशेषण), धनी (नाम), तल (नामयोगी), विपन्न (विशेषण), गरिबलाई (नाम), सम्पन्न (विशेषण), सम्पन्न (नाम), तल (क्रियायोगी), विपन्न (नाम)।
४. 'उज्यालो यात्रा' कविताको चौथो श्लोकबाट शब्द टिपोट र वाक्य प्रयोग:
नाम: ईर्ष्या (हामीले मनबाट ईर्ष्या हटाउनुपर्छ।)
विशेषण: तिनै (तिनै मानिसहरू सफल हुन्छन्।)
क्रियायोगी: हटाएर (खराब भावना हटाएर काम गर्नुपर्छ।)
सर्वनाम: जो (जो मिहिनेत गर्छ, उही सफल हुन्छ।)
क्रिया: छर्छन् (उनीहरू प्रेम छर्छन्।)
नामयोगी: निम्ति (देशका निम्ति त्याग गरौँ।)
५. कोष्ठकमा दिइएको सङ्केत अनुसार वाक्य प्रयोग गर्नुहोस् :
(क) र (संयोजक) - रोशनले चिया र बिस्कुट खायो । / र (निपात) - तिमी मसँग जान्छ्यौ र !
(ख) भित्र (नामयोगी) - मनभित्र माया छ । / भित्र (क्रियायोगी) - तँ भित्र बस् ।
(ग) तर (क्रिया) - तिमी खोला तर । / तर (नाम) - मलाई दुधको तर मिठो लाग्छ । / तर (संयोजक) - म आएँ तर पढाइ भएन ।
(घ) यो (सर्वनाम) - यो राम्रो छैन । / यो (विशेषण) - यो केटो बदमास छ ।
(ङ) वृद्ध (नाम) - वृद्धलाई सहयोग गर । / वृद्ध (विशेषण) - सरकारले वृद्ध मानिसलाई भत्ता दिन्छ ।
६. पदवर्ग विचलन भएका शब्द प्रयोग गरिएको छोटो अनुच्छेद :
चोर केटाले सामान चोरेछ । पुलिसले चोर समात्यो । केटा गरिब रहेछ । गरिबलाई सहयोग गर्नुपर्छ । त्यो केटो फोहरी पनि थियो । त्यो त्यहाँबाट भाग्यो र पुलिसहरू पनि जिल्ल परे । तिमी पनि चोर हौ र !

🎨 सिर्जना र परियोजना कार्य

१. 'विद्यार्थी जीवन' शीर्षकमा छोटो कविता :
जिन्दगीमा हामी धेरै अघि बढ्नुपर्छ
असल मान्छे बन्नलाई धेरै पढ्नुपर्छ
पढी लेखी असल बनी देशको सेवा गरौँ
विदेश गई बस्नुभन्दा यही देशमा मरौँ
सम्भावना खुल्छन् यहाँ हामी धेरै पढे
देश अघि बढिहाल्छ हामी अघि बढे ।
📌 २. पर्यायवाची तथा विपरीतार्थी शब्दहरू

पर्यायवाची शब्दहरू: शक्ति=तागत, प्रेम=माया, धर्ती=धरणी, शिर=टाउको, कर्म=काम, जिन्दगी=जीवन, नयन=आँखा, हावा=पवन।

विपरीतार्थी शब्दहरू: निम्न × उच्च, अज्ञान × ज्ञान, असम्भव × सम्भव, न्याय × अन्याय, दुःखी × सुखी, आफ्नो × अरू।

📐 ३. व्याकरण: पदवर्ग र पदवर्ग विचलन (Padabarga)

पदवर्ग विचलनको सिद्धान्त: कुनै शब्द वाक्यमा प्रयोग हुँदा कुन कार्य गर्दछ, सोही अनुसार पदवर्ग निर्धारण हुन्छ।

उदाहरण: 'गरिब' शब्द - 'गरिब मान्छे आयो' (विशेषण), 'गरिबलाई दया गर' (नाम)।

📖 ४. प्राचीन गुरुकुल शिक्षा प्रणाली (बोध अनुच्छेद)

गुरुकुल भनेको गुरुको सानिध्यमा विद्यार्थीले आवासीय रूपमा व्यावहारिक शिक्षा ग्रहण गर्ने प्राचीन थलो हो। यहाँ परीक्षाभन्दा पनि चरित्र र जीवनोपयोगी कौशललाई उच्च प्राथमिकता दिइन्थ्यो।

📑 SEE नमुना प्रश्नोत्तर (समीक्षात्मक उत्तर तथा भाव विस्तार)

📌 १. समीक्षात्मक उत्तर

'उज्यालो यात्रा' कविताको तलको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् ।

उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
यस्तो आदर्श यात्रामा कहिले चलूँला नि म ?
चन्द्रसूर्य बनी आफैँ कहिले बलुँला नि म ?
आफ्नै पौरखले बाटो कहिले खनुला नि म ?
सर्वोच्च कविता आफैँ कहिले बनुँला नि म ?

प्रश्न:

हामी कस्तो मान्छे बन्‍न सक्नुपर्छ ? 'उज्यालो यात्रा' कविताको माथिको कवितांशलाई समेत आधार बनाएर समीक्षा गर्नुहोस् ।

उत्तरः प्रश्नको सन्दर्भका निम्ति दिइएका श्लोकहरू 'उज्यालो यात्रा' को कवितासँग सम्बन्धित छन् । 'उज्यालो यात्रा' कविता कवि रामप्रसाद ज्ञवालीद्वारा लेखिएको हो । कवि ज्ञवाली नेपाली साहित्यमा छन्द कविका रूपमा चिनिन्छन् । कवितामा समसामायिक विषय तथा नैतिकताको सन्देश दिनु उनको विशेषता हो। 'उज्यालो यात्रा' कवितामा कवि ज्ञवालीले मान्छेले आफूभित्रका नराम्रा भावहरूको त्याग गरी असल भावना विकास गर्ने प्रेरणाका साथै कर्मशील बन्‍ने सन्देश दिएका छन् ।

उज्यालो यात्रा कवितामा कविले मान्छेले कर्मशील बन्‍न अनेक कार्यहरू गर्न सक्ने कुरा बताएका छन् । जो राम्रो ज्ञान पाएर धर्तीलाई मनोहर पार्दछन् तिनीहरूले आफूलाई कर्मशील बनाउन सक्छन् । मान्छेले गर्ने राम्रो कर्ममा अथाह शक्ति लुकेको हुन्छ । कर्मकै कारण मरूभूमिलाई पनि उत्पादनशील बनाउन सकिन्छ । कर्मशील व्यक्ति नै आदर्श र नमुना बन्‍नु भन्‍ने भाव माथिका श्लोकमा आएको छ । कर्मले नै जिन्दगीलाई हसिलो र सुखी बनाउन सकिन्छ । हाम्रो कर्मले सुन्दर विश्वको सिर्जना गर्न सक्छ । हामीले कर्मशील जीवन बनाउनु आवश्यक छ । विश्वमा नै आदर्श र नमुना बन्‍नका लागि कर्म गर्नुपर्ने वा कर्मशील भएर आफ्नो पौरखले आफ्नो बाटो तय गर्नुपर्ने चिन्तन भएको छ । मानिसभित्र उच्च सङ्‍कल्प हुनुपर्छ । सङ्‍कल्पका कारणले असम्भव र असजिला ठानिएका कामहरू पनि सम्भव र सजिला बन्‍न सक्छन् । मानिसले आफ्नो उद्देश्य पूरा गर्न अठोट लिएमा ऊ कर्मशील बन्‍न सक्छ । अठोटका कारणले संसारमा चिनिएका महान् मान्छेहरू सफल भएका हुन् त्यसैले हामीले पनि अठोटका साथ कर्मपथमा अघि बढ्नु जरूरी छ । मानिसले आफ्नो जीवनलाई उच्च कार्यका निम्ति अघि बढाए ऊ कर्मशील बन्छ । ज्ञानप्राप्‍त गरी पृथ्वीलाई सुन्दर बनाउन अघि बढियो भने पनि कर्मशील बन्‍न सकिन्छ । महान् काम गरी संसारका लागि आदर्श जो बन्‍न सक्दछन् तिनीहरू नै कर्मशील हुन्छन् । त्यसैले हामी पनि कर्मशील बन्‍नका लागि उदात्त कर्म गर्ने बाटोमा लाग्‍नुपर्दछ ।

'उज्यालो यात्रा' कविता पद्यशैली तथा सरल नेपाली भाषाको माध्यमबाट लेखिएको छ । आठ अक्षरको एक पाउ हुने चार पाउको एक श्लोक हुने अनुष्‍टुप छन्दको माध्यमबाट रचना गरिएको कवितामा मान्छेले कर्मशील बन्‍ने प्रेरणा पाउँछ । पटक पटक अभ्यास गरेर, दृढ सङ्‍कल्प लिएर मान्छेको जीवनलाई सहज बनाउने कर्म गरेर, ज्ञान सिकेर र आदर्श बन्‍न उच्च कर्म गरेर हामी कर्मशील बन्‍न सक्नुपर्छ भन्‍ने तर्फ कविताले सङ्‍केत गरेको छन् । कविताका अनुसार हामी उदात्त, कर्मशील, उदाहरणीय मान्छे बन्‍नुपर्छ । हामी आदर्श बाटोमा हिँड्ने, चन्द्रसूर्य जस्तै चहकिला, पौरखी र आत्मनिर्भर बन्‍न सक्नुपर्छ ।

📌 २. भाव विस्तार / व्याख्या

आफ्नै पौरखले बाटो कहिले खनुला नि म ?
सर्वोच्च कविता आफैँ कहिले बनूँला नि म ?

उत्तरः “आफ्नै पौरखले .....................................
................................................ बनूँला नि म ?”

माथिको पद्यांश छन्द कविताका सशक्त कवि रामप्रसाद ज्ञवालीद्वारा लिखित 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो । उज्यालो यात्रा कविता ज्ञवालीको नैतिक चेतनाले ओतप्रोत कविता हो । यो कविता कक्षा १० को अनिवार्य नेपाली पुस्तकमा समाविष्‍ट छ । कवितामा परिश्रमको चर्चा गर्दै परिश्रमले मानिस सफलताको बाटोमा अग्रसर हुने कुरा गरिएको छ त्यो जसले परिश्रम र पसिनाको मूल्य बुझ्ने मानिस सर्वोच्च शिखरमा पुग्‍न सक्ने वा सफलताको उच्चतम बिन्दुमा पुग्‍ने सङ्‍केत कवितांशले गरेको छ ।

परिश्रम गर्नु र मेहनती बन्‍नु नै कर्मशीलता हो । कर्मले नै मानिसका सम्भावनाका ढोकाहरू खुल्ने भएकोले हामीले मनमा उच्च सङ्‍कल्प लिएर अगाडि बढ्नुपर्छ । परनिर्भरता त्यागेर आत्मनिर्भर हुने हो भने अल्छी नबनेर निरन्तर कर्ममा लाग्‍नुपर्छ । हाम्रो ज्ञान परोपकारमा खर्चनुपर्छ । आफ्नै पौरखले असल बाटो निर्माण गरेर देशको लागि सुनौलो नाम राख्नुपर्छ । अन्याय, अत्याचार, शोषण सहेर बस्ने कार्य गर्नुहुँदैन र यस्ता कार्य अरूलाई पनि गर्न दिनुहुँदैन । सधैं आदर्श मान्छे बन्‍ने लक्ष्य राखेर महान् कार्य गर्नतिर तल्‍लिन हुनुपर्छ । जस्तोसुकै अवस्थामा पनि हामी चन्द्रसूर्य जस्तो भएर अगाडि बढेमा हामीले आफ्नो बाटो आफैँ खनेर वा आफ्नो भविष्यको बाटो आफैँ कोरेर सगरमाथा जस्तै अटल हुन सकिने कुरा माथिको पद्यांशले गरेको छ । कविको म पात्रलाई आफ्ना निम्ति पौरख गर्ने स्वाभिमानी बन्‍ने रहर छ त्यसैले उनी आफ्नो स्वाभिमानी भविष्यको बाटो अहिलेदेखि नै खन्‍न र निखन्‍न चाहन्छन् । उच्च भावनाले ओतप्रोत कविता जस्तै शान्त र मधुर बन्‍ने म पात्रको रहर कवितांशमा व्यक्त भएको छ ।

यसरी मिठासपूर्ण पद्य भाषाशैलीको प्रयोग गरी अनुष्‍टुप छन्दमा लेखिएको उक्त कवितांशले मानिस असल कर्म गरेर अगाडि बढ्ने हो भने आफ्नो भविष्यको बाटो आजै कोर्न सकिने विचार प्रस्तुत गरेको छ । कवितांशमा आफू आत्मनिर्भर बनेर जिन्दगीको बाटो आफ्नै पौरखले खन्‍नुपर्ने सन्देश अभिव्यक्त छ ।

🧠 उज्यालो यात्रा - अन्तरक्रियात्मक माइन्ड म्याप

☼ उज्यालो यात्रा
👨‍🏫 कवि
🎯 विषय
💡 भाव
✉️ सन्देश
🎼 छन्द शैली

🎮 सिकाइ गतिविधि, खेल तथा नमुना प्रश्नोत्तर

खेल्दै, प्रश्नोत्तर अभ्यास गर्दै र सिक्दै ज्ञान अभिवृद्धि गर्नुहोस्:

🎯 बहुविकल्पीय नमुना क्विज (Multiple Choice Quiz)

🎲 थप प्रश्न जनरेटर (Random Question Generator)

परीक्षाको पूर्वतयारीका लागि 'नयाँ प्रश्न' बटनमा थिच्नुहोस्:

बटन थिचेर प्रश्न उत्पन्न गर्नुहोस्!
🧩

शब्द-अर्थ जोडा मिलाउने खेल

शब्द र सही अर्थ चयन गर्नुहोस्।

🎰

भाग्यशाली चक्का (Spin Wheel)

चक्का घुमाउनुहोस् र गतिविधि पूरा गर्नुहोस्।

❓ नमुना प्रश्नोत्तर (Sample Questions & Model Answers)

👨‍🏫 शिक्षक निर्देशिका तथा शिक्षण योजना (Teacher Section)

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र (CDC) को विशिष्टीकरण तालिका अनुसार:

🎯 सिकाइ उपलब्धिहरू (Learning Outcomes)

  • अनुष्टुप छन्दको कविता लय हालेर वाचन गर्न।
  • कविताको मूलभाव र सन्देश पहिचान गरी व्याख्या गर्न।
  • पाठगत शब्दको अर्थ बुझी वाक्यमा प्रयोग गर्न।
  • सत्कर्म, त्याग र परोपकार जस्ता नैतिक मूल्यको बोध गर्न।

🛠️ शिक्षण-सिकाइ क्रियाकलाप (Pedagogical Steps)

१. पूर्वक्रियाकलाप: 'कर्म' र 'सफलता' सम्बन्धी पूर्वज्ञान परीक्षण र चित्र/गीत प्रदर्शन।

२. मुख्य क्रियाकलाप: छन्दबद्ध आदर्श वाचन, विद्यार्थीद्वारा सस्वर वाचन, श्लोकगत छलफल र व्याख्या।

३. उत्तरक्रियाकलाप: प्रश्नोत्तर, सिर्जनात्मक लेखन, र डिजिटल अभ्यास सिमुलेसन।

📊 विद्यार्थी अध्ययन प्रगति प्रतिवेदन

सम्पन्न भएका अध्ययन भागहरू: / १४

क्विज तथा अभ्यास प्राप्ताङ्क: